Logo

सूचना/प्रविधि

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा विस्तार


GDP नेपाल
   २५ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको बिक्री प्रबन्धक मनोज शर्माले जानकारी दिएका छन् ।

नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगञ्ज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र विराटनगरलगायत अन्य स्थानमा पुगिसकेको छ ।

अब ग्राहकहरूलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको डिशहोमले जनाएको छ । ग्राहकहरूले मासिक ८९९ रुपैयाँमा नै १०० एमबीपीएस ईन्टरनेटको मज्जा ५ जी डुअल ब्यान्ड राउटरको साथमा लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह