Logo

मुख्य समाचार

अपहरणमा परेका बालक खड्काका शव भेटियो, प्रहरी इन्काउन्टरमा २ अपहरणकारीको मृत्यु


appharu
   २१ श्रावण २०७५, सोमबार


काठमाडाैं । आइतबार सांझ अपरहणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । काँडाघारीबाट अपहरण परेका खड्काको सोमबार बिहान हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शब ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा भेटिएको हो ।बालक खड्काको हत्याको कारण हालसम्म खुलिनसकेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बालक मृत अवस्थामा फेला परेको बताएका छन् । अपहरणकारीले बालक अपहरण पछि परिवारसँग २ करोड फिरौती मागेको उनले बताएका छन् । मृतकका बाबु गणेशबहादुर खड्काको परिवार भने सामान्य आय भएको परिवार हो ।

बालक खड्काको शबलाई पोस्टमार्टमकालागि ल्याउन लागि महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेले बताए ।

उनले बालकको हत्या आइतबार साँझै भएको हो या सोमबार विहान भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् । अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग मुठभेडमा पर्दा दुई अपहरणकारीको मृत्यु भएको छ ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह