Logo

मुख्य समाचार

साफ च्याम्पियनसिप उपाधिका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै


GDP Nepal
   ३० आश्विन २०७८, शनिबार


काठमाडौं । दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप उपाधीका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेमा जारी १३ औं साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चीर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको हो ।

फाइनल खेल शनिबार नेपाली समय अनुसार साँझ ८ः४५ बजे हुनेछ । भारत समूह विजेताको रुपमा फाइनल पुग्दा नेपाल भने उपविजेताको रुपमा अन्तिम दुईमा प्रवेश गरेको छ । साफको इतिहासमा नेपाल पहिलो पटक फुटबल फाइनल पुगेको हो भने सर्वाधिक सफल टोली भारतले ८ औँ उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको छ ।

यसैबिच, नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका छन् ।

मुख्य प्रशिक्षक अल्मुताइलरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको पनि बताए । उनले बुधवार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा साफ च्याम्पियनको फाइनलपछि नेपाल नफर्किने घोषणा गरेका हुन् । उनले नेपालले फाइनल यात्रा तय गरेकोमा खुशी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको बताए ।

धेरै कुरा स्पष्ट नगरिकनै मुख्य प्रशिक्षक अल्मुताइरीले भने, ‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ, हामी परिवार हौँ, हामी एउटै परिवारका सदस्य हौँ, तपाईहरुले यस्तो बोलेर खुशी मिल्यो र ? म्याच फिक्सिङ गर्यो भनेर तपाईहरु खुशी हुनुहुन्छ, तपाईहरुलाई गर्व महशुस भयो । म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ, म नोकर होइन, कोच हूँ, आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ, म कहिल्यै नेपाल फर्किने छैन, पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ ।’

मुख्य प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सबाट सिधा कुवेत फर्किने बताउँदै राजीनामा दिँदा आफू खुशी नरहेको पनि बताए ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह