Logo

सूचना/प्रविधि

फेसबुककाे नाम परिवर्तन गरिँदै


GDP नेपाल
   ३ कार्तिक २०७८, बुधबार


एजेन्सी ।

अहिलेको युवा पुस्तामाझ लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकले नाम परिवर्तन गर्ने भएको छ । फेसबुकले मेटाभर्स परियोजनामा केन्द्रित भएर नयाँ नामसँगै पुन: ब्रान्ड गर्ने योजना बनाएको हो । कम्पनीका अनुसार अर्को हप्तासम्म नयाँ नाम घोषणा गरिनेछ ।

फेसबुकको यो कदमले इन्स्टाग्राम र ह्वाट्सएप जस्ता ब्रान्डको सुपरिवेक्षण गर्ने मूल कम्पनीको अधीनमा रहेको फ्ल्यागशिप एपलाई धेरै उत्पादनहरु मध्ये मुख्य रुपमा राख्ने सम्भावना रहेको छ। यस अघि गुगलले सन् २०१५ मा आफ्नो मुख्य कम्पनीको नाम अल्फाबेट बनाएको थियो ।

पछिल्लो समय फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्ग पनि मेटावर्स (एक डिजिटल संसार) को बारेमा कुरा गरिरहेका छन् । उनका अनुसार यसमा मानिसहरु विभिन्न उपकरणहरुको बीच सार्न र भर्चुअल वातावरणमा कुराकानी गर्न सक्छन । जुलाईदेखि नै कम्पनीले भर्चुअल वास्तविकता र संवर्धित वास्तविकतामा धेरै लगानी गरीरहेको छ । पछिल्लो समय कम्पनीले भीआर हेडसेट, एआर चश्मा र रिस्ट ब्यान्ड टेक्नोलोजीमा काम गर्दै आइरहेको छ ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह