Logo

बैंक / बिमा /शेयर

सानिमा बैंककाे थप दुई नयाँ शाखा विस्तार


GDP नेपाल
   ३ कार्तिक २०७८, बुधबार


सानिमा बैंक लिमिटेडले असोज २४ गते ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।

मंगलबजार कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थ लाल महर्जनले एक समारोहकाबीच गरे।

यस्तै बालकुमारी कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले औपचारिक रुपमा गरे।

समुद्घाटन् समारोहमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा ए।टि।एम। संचालनमा छन्।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह