Logo

Banner-news

चौधरी ग्रुपकाे ‘सिजी हिल्स प्रिमियम भैँसेपाटी’ हाउजिङ परियोजना सुरू


GDP नेपाल
   ४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ ।

चौधरी ग्रुप अन्तर्गतको सिजी डेभलपर्सले ‘सिजी हिल्स प्रिमियम भैँसेपाटी’ हाउजिङ परियोजना सुरू गरेको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको कम्पनीले बताएको छ ।

भिआईपीहरूको आवासीय क्षेत्रका रूपमा परिचित भैँसेपाटीको विशेष आकर्षणका रूपमा सिजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको हो । त्यस्तै, सरकारले भैँसेपाटीमा मन्त्रीक्वाटर लगायत अन्य आवासीय संरचना समेत निर्माण गरिरहेको छ ।

सिजी डेभलपर्सले भैँसेपाटीमा ६० वटा लक्जरियस घरहरू निर्माण सुरू गरेको छ। आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भिआईपीहरूको जमघट हुने स्थानमा सिजीसँग जोडिदै आएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्‍याउन हाउजिङ परियोजना सुरू गरेको हो।

‘सिजी हिल्स प्रिमियम सम्पूर्ण रूपमा एउटा सुन्दर घर परिकल्पनाको साकार रूप त हो नै त्यस बाहेक यो आफैँमा स्टाटस सिम्बोलका रूपमा समेत स्थापित हुनेछ,ु परियोजनाका प्रमुख इन्जिनियर नारायण श्रेष्ठले भने, ‘सिजीसँग बर्षौदेखि जोडिदै आउनु भएका हाम्रा प्रिय उपभोक्ताहरूका लागि यति सुन्दर परियोजना समर्पण गर्न पाँउदा हामी निकै खुसी छौँ र यो उहाँहरूका लागि एउटा दुर्लभ अवसर सावित हुनेछ भन्नेमा पनि विश्वस्त छौँ।’

यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन्। करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन्।

यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन्। नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाईनेछ। ‘उपभोक्ताहरूलाई विशेष घरमा बसेको अनुभूति दिलाउन डिजाइनमा हामीले इन्जिनियरिङका अन्तर्राष्ट्रिय कन्सल्टयान्टहरूको समेत सेवा लिएका छौँ’, परियोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘हामी यो परियोजनाबाट नेपालकै हाउजिङ डिजाइन नेक्स्ट लेभलमा पुगोस् भन्ने सोंचकासाथ काम गरिरहेका छौँ।’

फिल्डमा निर्माण कार्य प्रारम्भ भएसँगै परियोजनाले हाउजिङ बुकिङ खुला गरेको छ। परियोजना प्रमुख श्रेष्ठले भने, ‘उपभोक्ताबाट प्राप्त प्रारम्भिक रेस्पोन्सबाट हामी निकै उत्साहित छौँ।’

सिजी नेपालको रियल स्टेट बिजनेसको पायोनियर कम्पनी मानिन्छ। यस ग्रुपले दुई दशक अगाडि काठमाडौं रेजिडेन्सी र माउण्ट भ्यू रेजिडेण्सी निर्माण गरेको थियो ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह