Logo

बैंक / बिमा /शेयर

बैंकहरुले भारुमा ल्याएको ऋणको नेपालमा ब्याजदर ११ प्रतिशत !


appharu
   २४ श्रावण २०७५, बिहिबार


काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले भारतीय रुपैयाँ (भारु)मा पनि ऋण लिन पाउने भएका छन् । कर्जाको माग उच्च भए पनि स्वदेशी स्रोतले नपुग्ने भएपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यसअघि नै डलरमा ऋण लिनसक्ने व्यवस्था गरिसकेको छ । सो सुविधा एनएमबि बैंकले उपयोगसमेत गरिसकेको छ भने केही बैंक ऋण लिनका लागि पाइपलाइनमा छन् ।

भारुमा ऋण लिन नेपाली बैंकलाई केही सजिलो पनि छ । नेपाल र भारतबीच स्थिर विनिमयदरका कारण डलरको तुलनामा जोखिमसमेत कम हुनेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेपछि भारुमा ऋण लिन बाटो खुलेको हो ।

भारुमा ल्याएको ऋणबाट जथाभावी कर्जा प्रवाह गर्न भने पाइँदैन । राष्ट्र बैंकका अनुसार जलविद्युत् उत्पादन तथा प्रसारणलाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता पूर्वाधार, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्नका लागि भारुमा लिएको ऋण प्रयोग गर्नुपर्नेछ ।

एक वर्षदेखि ५ वर्षसम्मका लागि लिन सकिने ऋणको व्याज भने भारत सरकारले जारी गरेको पछिल्लो ३ सय ६४ दिने टे«जरी बिलको औसत डिस्काउन्टदरमा एक प्रतिशत प्रिमियम थप गरेर ऋण ल्याउन सक्छन् । हाल भारतीय सरकाले जारी गरेको टे«जरीको औसत दर ७.२ छ भने यो दरमा एक प्रतिशत थप्दा पनि ८.२ हुन्छ ।

यसरी हेर्दा बैंकहरूले भारुमा ल्याएको कर्जा ११ प्रतिशतसम्ममा लगानी गर्न सक्ने देखिन्छ । विदेशी मुद्राको ऋणको भुक्तानी अवधि एकदेखि ५ वर्षसम्मको हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित : २४ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह