Logo

Banner-news

नयाँ बानेश्वरको सडकमा भेटियो १५ फिटको खाल्डो


GDP नेपाल
   ८ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

नयाँबानेश्वर- तीनकुने अन्तर्गतको सडकमा ठूलो खाल्डो देखिएको छ ।

सडकको बीचमा खाल्डो देखिएपछि स्थानीयले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा खबर गरेका थिए । सधैँ अस्तव्यस्थ रहने उक्त सडकमा खाल्डो देखिएसँगै दुर्घटना हुनुपूर्व नै प्रहरीले सबै युनिटहरू हाई अलर्ट जारी गरेको थियो । 

प्रहरीका अनुसार सो स्थनमा १५ फिटजतिको गहिरो खाल्डो रहेको जानकारी आएसँगै बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गर्न लगाइएको थियो । त्यसपछि, प्रहरीले सडकको अवस्थाबारे सडक विभागलाई जानकारी गराएको थियो । सूचना पाएसँगै काठमाडौं सडक डिभिजन कार्यालयको एक टोली उक्त स्थानमा पुगेको थियो । सो टोलीले एक्स्काभेटर लगाएर खाल्डोको निरिक्षण गर्दै जाँदा सो स्थानमा झनै ठूलो खाल्डो भेटिँदै गएको थियो ।

टोलीका अनुसार अहिले उक्त स्थानमा झन्डै पाँच मिटर लम्बाइ, चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ। सो खाल्डो बनेको ठाउँमा प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप देखिएको छ । ढल लिकेज भएसँगै माटो गलेपछि पिच रोड भत्किएको हुन सक्ने अनुमान  गरिएको छ । 

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह