Logo

सेयर बजार

तामाकोशीमा सेयर भर्ने म्याद थप, १ अर्बभन्दा बढीको आवेदन, कति पर्ला सेयर ?


appharu
   २५ श्रावण २०७५, शुक्रबार


काठमाडौंः माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थानीयवासीका लागि खुलाईएको प्राथमिक सेयर निष्कासन (आइपीओ)मा १ अर्बभन्दा बढीको आवेदन परेको छ ।

तर, आवेदको चाप बढेपछि उपत्यकाबाट सेयर भर्ने मिति एक सातालाई थप गरिएको छ । उपत्यकामा रहेका दोलखालीले राजधानीको सनराइज बैंकका १० वटा शाखा र सनराइज क्यापिटलसहित ११ स्थानबाट आवेदन दिन सक्ने व्यवस्था छ । आवेदन केन्द्रहरुमा लगानीकर्ताहरुको भीड पनि अत्याधिक छ ।

स्थानीय वासिन्दलाई खुला गरेको एक सातामै ओभर सब्सक्राइब भएको छ । स्थानीयले १ करोड कित्ताभन्दा बढी सेयरका लागि आवेदन दिइसकेकाले ओभर सब्सक्राइब भएको हो ।

तामाकोशीले स्थानीयका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर खुला गरेको हो । साउन १६ गतेदेखि बिक्री खुला भएको यो आइपीओमा स्थानीयस्तरमा भने भदौ १४ गतेसम्म आवेदन दिन सकिन्छ ।

गाउँगाउँमा समेत सेयर भर्नेको चाप अत्यधिक रहेकाले मागको झन्डै दोब्बरसम्म आवेदन पर्ने देखिन्छ । यसआधारमा न्यूनतम ३० कित्ता सुनिश्चित भए पनि बढी आवेदन गर्नेले कति पाउँछन् भन्ने एकिन भने छैन ।

जानकारहरुका अनुसार तामोकोशीको सेयर प्रतिव्यक्ति १ सय ५० कित्ताभन्दा बढी बाँडफाँड हुने सम्भावना भने छैन । त्यसैले आवेदन गर्न बाँकी सेयरधनीले १५ हजार रुपैयाँ बराबरको सेयरका लागि आवेदन गर्नु उचित देखिन्छ ।

आयोजनामा सेयर आवेदन दिनका लागि दोलखा जिल्लामा जन्मिएर जन्म दर्ता भएका बालबालिका र अन्यत्र जिल्लाबाट विवाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्र लिएको हुनेपर्नेछ । यस्तै, बिहे गरेर दोलखा भन्दा अन्य जिल्लामा गएका छोरीहरुले पनि सेयरमा आवेदन दिन पाउने छन् । यसैगरी, २०६४ माघ १५ गतेभित्र अन्य जिल्लाबाट दोलखामा बसाई सरी आएकाले पनि आयोजनाको सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

दोलखा जिल्लामा रहेका कस–कसले सेयर दिने भनेर जिल्लाले ३ वर्ष अघि नै तथ्यांक संकलन गरेको थियो । ३ वर्ष अघि नै जिल्ला विकास समिति (जीवीस) ले संकलन गरेको तथ्यांक अनुसार २ लाख ८० हजार ५८४ जनाले सेयर भर्न पाउने जनसंख्या देखिएको थियो । यसमा बिहे गरेर आएका र नयाँ जन्मिएका केटाकेटी भने नयाँ थपिएका छन् ।

आयोजनाको सेयरमा आवेदन दिन सेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले ३ किसिमका फारम निर्माण गरेका छन् । ‘क’ वर्गका लागि हरियो, ‘ख’ वर्गका लागि नीलो र ‘ग’ वर्गका लागि सेतो फाराम तयार गरिएको नागरिक लगानी कोषले जानकारी दिएको छ । सेयरका लागि जिल्लाको साबिक लामावगर र गौरीशंकर गाविसलाई ‘क’ वर्ग कायम गरिएको छ ।

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह