काठमाडौँ ।
विगत ३६ वर्षदेखि सटिङ सुटिङ र टेलरिङमा आफ्नो छुट्टै छाप बनाएको मेरिना इम्पेक्सले ग्राहको सुविधालाई मध्यनजर गर्दै होम सर्भिस सुरु गरेको छ । कोरोना महामारी संक्रमणलाई ख्याल राख्दै इम्पेक्सले चाडपर्व र विवाह लक्षित यो सुविधा ल्याएको हो ।
मेरिना इम्पेक्सका निर्देशक अर्जुन बस्नेतका अनुसार अब ग्राहकले घरमै बसेर लुगाको नापलगाएत कपडा छनोट गर्न सक्नेछन् ।
इम्पेक्सले न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया