Logo

विकास / पूर्वाधार

न्यादी जलविद्युत आयोजनाले पुसबाट विद्युत उत्पादन थाल्ने


GDP नेपाल
   ११ कार्तिक २०७८, बिहिबार


न्यादी जलविद्युत आयोजनाबाट आगामी पुस महिनामा विद्युत उत्पादन हुने भएको छ । लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माणधीन आयोजनाको ९९ प्रतिशत निर्माण सकिएको जानकारी गराइएको छ ।

आयोजनाको पावरहाउस, ड्यामसाइड, हेडवक्र्सको पानीको बहाव, गेटलगायतको आन्तरिक परीक्षण भइरहेको छ । आयोजनाका अनुसार उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबाट आएका विज्ञको टोलीले यी सबै परीक्षण गरेपछि मात्र परीक्षण प्रसारण सुरु गरिने छ ।

आयोजनाले १० किलोमिटरको १३२ केभी विद्युत प्रसारण लाइनको काम पनि गरिरहेको छ । करिव ६५ प्रतिशत काम सकिएको जनाएको छ । पावरहाउस रहेको ठुलीबेंसीबाट मस्र्याङदी नदीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना क्षेत्रसम्म २५ वटा टावर राखिनेछ । हालसम्म १६ वटा टावरमा तार तान्ने काम सकिएको छ । ९ वटा टावर निर्माण भएपनि तार तान्ने काम बाँकी छ ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह