Logo

बिजनेस होम

आईफोन १३ खरिद गर्ने ग्राहकलाई टेलिकमको निःशुल्क डेटा


GDP नेपाल
   ११ कार्तिक २०७८, बिहिबार


आईफोन १३ खरिद गर्ने ग्राहकले नेपाल टेलिकमको निःशुल्क डेटा प्राप्त गर्ने भएका छन् । ग्राहकले नेपालस्थित एप्पलको आधिकारिक रिसेलर ईभो स्टोरबाट आईफोन खरिद गर्दा यो अफर पाउनसक्ने छन् ।

यसअन्तर्गत ग्राहकले एक वर्षसम्म हरेक महिना ५ जीबीका दरले टेलिकमको मोबाइल डेटा प्राप्त गर्नेछन् । नेपाली बजारमा आईफोन १३ को सुरुवाती मूल्य एक लाख ३७ हजार नौ सय रुपैयाँ रहेको छ ।

इभो स्टोरले १२ महिनासम्म सक्ने गरी न्यूनतम मासिक किस्ता १२ हजार ९९९ रुपैयाँमा आईफोन १३ खरिद गर्न सकिने जनाएको छ ।

साथै ग्राहकले आईफोन १३ को खरिदमा मोम्याक्स २० वाट पावर एडेप्टर र एक वर्षको ब्रेकेज इन्स्यारेन्स प्राप्त गर्नेछन् ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह