Logo

सूचना/प्रविधि

अब काठमाडौँ महानगरको कर तथा राजस्व इसेवाबाटै भुक्तानी गर्न सकिने


GDP नेपाल
   १४ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

अब काठमाडौँ महानगरपालिकाको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने महानगरले जनाएको छ ।

महानगरका अनुसार अब हरेक व्यक्तिले आफ्नै इसेवा एकाउन्टबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन् । कोरोना महामारी संक्रमण फैलन नदिन महानगरले अनलाई सेवा ल्याएको हो । यस सेवाको प्रयागले सजिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, यस सेवामा दुई तरिका बाट इ–सेवा मार्फत भुक्तानी गर्न सकिनेछ । यसका लागि नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबाईल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ । यस्तै, काठमाडौ महानगरपालिकाको वेभसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह