Logo

बिजनेस होम

मेगा बैंकको नाफा ५० प्रतिशत बढ्यो


GDP Nepal
   १५ कार्तिक २०७८, सोमबार


काठमाडौं । मेगा बैंक नेपालको नाफा ह्वात्तै बढेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आवको तुलनामा ५०.४७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.९६ प्रतिशत बढेको छ।

बैंकको नेट फी तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १३।०२ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १६.४७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३.९७ प्रतिशत बढेको छ भने कर्जा ३.२७ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसाबाट ६ रुपैयाँ ४७ पैसा बढेर २४ रुपैयाँ ९७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा रहेको छ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह