काठमाडौँ ।
साताको दोस्रो दिन सोमबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से १७.७५ अंकले घटेर २८१९.८६ बिन्दुमा पुगेको छ ।
आज बैँकिङ र होटल तथा पर्यटन बाहेक सबै समूह राताम्मे भएका छन् । बैँकिङ ४.६९ र होटल तथा पर्यटन ७.७९ अंकले बढेका छन् । त्यस्तै, आज विकास बैंक ४२.४९, फाइनान्स ४३.८५, जलविद्युत ७४.१९, जीवन बीमा ११५.७५, निर्जीवन बीमा ५४.५९, माइक्रोफाइनान्स ९१.३२, उत्पादन १२०.५६ र अन्य समूह २६.४२ अंकले घटेका छन् ।
आज २२६ कम्पनीका उक करोड ३४ लाख कित्ता शेयर ७ अर्ब ७७ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया