काठमाडौँ ।
घरायसी इलेक्ट्रोनिक्स ब्राण्ड वेबोरको एम्बेस्डरमा अभिनेत्री केकी अधिकारी नियुक्त भएकी छन् । नेपालमा पछिल्लो समय राम्रो उत्पादनका कारण ख्याती कमाउँदै गएको इलेक्ट्रोनिक्स ब्राण्ड वेबोर तथा चाङ्गहोङ्गको आधिकारीक बितरक रिद्धि सिद्धि बिनायक टेलिसिस्टमले वेबोरको ब्राण्ड प्रबद्र्धनका लागि अभिनेत्री केकी अधिकारीलाई ब्राण्ड एम्बेस्डर बनाएको हो ।
कलाकार अधिकारीले नेपाली बजारमा वेबोरका घरायसी इलेक्ट्रोनिक्स ब्राण्डको बजार प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग गर्ने कम्पनीले जनाएको छ । वेबोर ब्राण्डका सामग्रीहरु उच्चस्तरका भएको र ग्राहकहको चाहनाअनुसारको डिजाइनमा आएको हुँदा आफू ब्राण्ड एम्बेस्डर भएको केकीले बताएकी छन् । वेबोरले नेपाली बजारमा आफ्नो स्थान बढाउँदै जानेमा विश्वस्त भएको बताउँदै अधिकारीले थप सफलताको लागि शुभकामना समेत व्यक्त गरेकी छन् ।
यस्तै, वेबोरले आफ्नो नयाँ आधिकारीक शोरुम समेत सञ्चालनमा ल्याएको छ । ललितपुरको इमाडोल, कृष्ण मन्दिर चोकमा कम्पनीले नयाँ शोरुम संचालनमा ल्याएको हो । अधिकारीले एक कार्यक्रमका बिच सो नयाँ आधिकारीक शोरुमको उद्घाटन गरिकी हुन् ।
नयाँ शोरुममा कम्पनीले वेबोरका स्मार्ट टेलिभिजनहरु, वासिङ मेशिन, रेफ्रिजेरेटर, इण्डक्सन कुकरलगायतका घरायसी सम्पूर्ण सामाग्रीहरु बिक्रीका लागि राखेको छ । यसका साथै कम्पनीले विश्व प्रसिद्ध चाङ्गहोङ्ग ब्राण्डका एयरकण्डीस्नर तथा कुलरहरु समेत शोरुममा राख्दै आएको जानकारी दिएको छ । वेबोरका कर्पोरेट जनरल म्यानेजर उपेन्द्र शाहले ब्राण्ड एम्बेस्डरका रुपमा अधिकारीलाई ल्याउन पाउँदा निकै उत्साहित भएको बताएका छन् ।
‘चर्चित कलारकारले हाम्रो ब्राण्डलाई थप माथि उठाउन सहयोग गर्नुहुनेछ र हाम्रो उत्पादनको उच्च गुणस्तरको समेत सुनिश्चितता हुनेछ।,’ जनरल म्यानेजर शाहले भने ।
शोरुम उद्घाटनको अवसरमा वेबोरका उत्पादनहरु खरीदमा विशेष छुट तथा उपहार समेत उपलब्ध गराइएको थियो । रिद्धि सिद्धि बिनायक टेलिसिस्टमले चालु वर्षभित्रै काठमाडौं उपत्यका र नेपालभर आफ्नो आधिकारीक शोरुमहरु बिस्तार गर्दै जाने योजना बनाएको छ ।
प्रतिक्रिया