Logo

सूचना/प्रविधि

एलन मस्कले बेचे पाँच अर्ब डलर बराबरको सेयर


GDP नेपाल
   २५ कार्तिक २०७८, बिहिबार


टेस्ला कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले पाँच अर्ब डलर बराबरको सेयर बिक्री गरेका छन् ।

यसअघि, उनले ट्विटरमा आफ्ना फ्यानहरुलाई आफूले टेस्लाको १० प्रतिशत सेयर बेच्दा ठिक हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दै एउटा पोल राखेका थिए । करसम्बन्धी नियमलाई ध्यानमा राख्दै उनले सेयर बेचेको बताइएको छ ।

उक्त पोलमा अधिकांशले सेयर बेच्न भनेका थिए । यसरी दुई दिनमै टेस्लाको बजार मूल्य १६ प्रतिशतले घटेको थियो । बुधबार टेस्लाको भाउ केही मात्राले वृद्धि भएको छ ।

टेस्ला विश्वकै सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो, जसको कुल बजार मूल्य एक ट्रिलियन डलर बराबर छ ।

मस्कले टेस्लाको झन्डै ३६ लाख सेयर बेचेका हुन्, जसको मूल्य करिब चार अर्ब हुन्छ । त्यस्तै, उनले अर्को नौ लाख बढी सेयर पनि १।१ अर्ब डलरमा बिक्री गरेका हुन् ।

करसम्बन्धी नियम हेरेर सेयर बेच्दा ठिक हुनेसम्बन्धी उनले ट्विट गरेका थिए । यसको पक्ष र विपक्षमा उनले पोल राखेका थिए, जसमा झन्डै ३५ लाखले बेच्ने पक्षमा भोट गरेका थिए । उनले पोलको नतिजा जे आए पनि त्यसको पालन गर्ने वचन समेत दिएका थिए ।

त्यस्तै, उनले टेस्लाबाट क्यास पैसा नपाएको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, “मसँग केवल कम्पनीको स्टक मात्र छ । त्यसैले व्यक्तिगत रूपमा कर तिर्न मैले सेयर नै बेच्नुपर्ने हुन्छ ।”

अहिले मस्क संसारकै सबैभन्दा धनी व्यक्तिमा पर्छन्, जसको कुल सम्पत्ति २८० अर्ब डलर बराबर छ । तर, उनको कुल सम्पत्तिको अधिकांश हिस्सा टेस्लाको सेयर बाटै रहेको छ । यसबाहेक उनी अर्को निजी कम्पनी ‘स्पेस एक्स’का पनि मालिक हुन्, जसले हाल नासासँग चन्द्रमा भ्रमणसम्बन्धी मिसनमा काम गरिरहेको छ ।

योभन्दा अगाडि उनले सन् २०१६ मा यस किसिमले सेयर बेचेका थिए । यसपटकचाहिँ उनले स्टक विकल्पसम्बन्धी नियमको अभ्यास गरेका हुन् र कर तिर्नका लागि भन्दै थप सेयर बेचेको बताइएको छ । बीबीसी

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह