Logo

विकास / पूर्वाधार

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण


GDP नेपाल
   २५ कार्तिक २०७८, बिहिबार


रुपन्देही  ।

बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा ९एमाले० बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ ।

नगर कमिटीले डिभिजन सडक कार्यालयमार्फत व्यापारिक मार्ग विस्तार परियोजना कार्यालय, सम्बन्धित मन्त्रालय, निर्माण कम्पनी र सरकारको ध्यानाकर्षण गराएको हो । नगर कमिटीले गोलपार्कदेखि बेलहिया नाकासम्मको व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बाँकी खण्डको काम सम्पन्न भए पनि राजमार्ग चौराहाबाट गोलपार्कसम्मको सडकखण्ड वर्षौँसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा अवरोध सिर्जना भएको जनाएको छ ।

“ढिलासुस्तीले पर्यावरण र वातावरणमा क्षति पुगेको छ, पर्यटकलाई समेत समस्या भएको छ”, सडक कार्यालयका प्रमुख जयलाल मरासिनीलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ । धुवाँधुलोले बुटवल धुलाम्य हुँदा नागरिकको स्वास्थ्यमा असर पुगेको विज्ञप्तिमा उल्लेख छ । ध्यानाकर्षणपत्र बुझाउँदै नगर कमिटी अध्यक्ष किसन ज्ञवालीले नागरिकको जीवनसँगै बुटवलको गौरव र सुन्दरतासँग गरिएको खेलवाडले पीडावोध गराएको बताउनुभयो ।

“चार–पाँच वर्षसम्म सडक क्षेत्राधिकारभित्रका संरचना हटाउने र सडक क्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माणमा किन ढिलाइ गरिएको छ रु बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्ने अवस्था कहिलेसम्म रु” उहाँले प्रश्न गर्नुभयो । एमालेका नेता गोपाल रानाले सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ गर्ने र नियमित राजमार्ग सरसफाइ गर्ने काम तत्काल अगाडि बढाउन माग गर्नुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै डिभिजन प्रमुख मरासिनीले सडक निर्माणका क्रममा केही स्थानीयवासी अदालत गएपछि अवरोध सिर्जना भएको बताउनुभयो । निर्माण कम्पनीका कारण काममा ढिलाइ भएको उहाँको भनाइ छ । काम अघि नबढाए निर्माण कम्पनीको बजेट रोक्का गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह