Logo

मुख्य समाचार

विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव आज, कर्मचारीलाई ३ हजार ‘उत्सव भत्ता’


appharu
   १ भाद्र २०७५, शुक्रबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ३३ औं वार्षिकोत्सव शुक्रबार मनाइँदैछ । यस अवसरमा प्रत्येक कर्मचारीलाई प्राधिकरणले ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ ।

सबैजसो सरकारी संस्थानमा कर्मचारीलाई उत्सवभत्ता दिने चलन छ । प्राधिकरणमा यसअघि ३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पु¥याइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण सञ्चालक समितिले नै ३ हजार उत्सव भत्ताको निर्णय गरिसकेको छ ।

जसबाट त्यहाँ कार्यरत ९ हजार कर्मचारीले झन्डै पौने ३ करोड रुपैयाँ पाउनेछन् । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४६ करोड बराबर नाफा कमाउन सफल प्राधिकरणले भने गत आर्थिक वर्षमा भने जम्मा ९८ करोड कमाउन सफल भएको छ ।

प्रकाशित : १ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह