Logo

Sub-banner

देशभर थप ३०८ जनामा कोरोना संक्रमण, ३ संक्रमितको मृत्यु


GDP नेपाल
   ९ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ। मन्त्रालयका अनुसार सोही अवधिमा थप २९८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ ।

देशभर हाल ७ हजार ३४९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह