Logo

Sub-banner

प्रहरीद्वारा एक वर्षमा ६ अर्ब ६३ करोड राजस्व असुली


GDP नेपाल
   १५ चैत्र २०८०, बिहिबार


काठमाडौं । नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट उल्लेख्य परिमाणमा राजस्व संकलन गरेको हो ।

नेपाल प्रहरीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७९ चैत १० देखि गत फागुन ३० गतेसम्मको एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको जनाएको छ ।

प्रहरी प्रवक्ता एवं डीआइजी भीमप्रसाद ढकालले उक्त अवधिमा सबैभन्दा धेरै राजस्व अवैध मालसामान बरामद शीर्षकबाट २ अर्ब ७५ करोड १ लाख ६ हजार रुपैयाँ उठाएको जानकारी दिए ।

उनका अनुसार प्रहरीले एक वर्षभित्र फैसला कार्यान्वयनतर्फ १३ हजार १ सय २२ जना फरार अपराधीलाई नियन्त्रणमा लिई अदालती प्रक्रिया पूरा गरी जरिवाना बापतको अदालती फैसला कार्यान्वयन शीर्षकमा १ अर्ब ९७ करोड ९६ लाख १६ हजार रुपैयाँ उठाएको छ ।

त्यसपछि अवैध सुन बरामदबाट पनि धेरै राजस्व संकलन गरेको छ । अवैध सुन बरामदबापत ४३ करोड ३५ लाख ३ हजार रुपैयाँ राजस्व प्रहरीले उठाएको छ । यस्तै प्रहरीले २ करोड १३ लाख ८ हजार रुपैयाँ बराबरको चाँदी, ६ करोड ७८ लाख ६८ हजार रुपैयाँ बराबर अवैध मुद्रा, ४३ लाख ६५ हजार ५ सय रुपैयाँ हुण्डी कारोबारबाट संकलन गरेको छ ।

यसैगरि ७ करोड २५ लाख ८३ हजार रुपैयाँको अवैध वैदेशिक मुद्रा बरामद गरेको प्रहरीले अवैध काठबाट ७ करोड ९१ लाख १७ हजार र अवैध नदीजन्य पदार्थ उत्खनन गर्नेहरुबाट ३ करोड ५२ लाख ३५ हजार रुपैयाँ राजस्व उठाएको छ ।

ट्राफिक नियम उल्लंघन तथा ट्राफिक प्रहरीको कारवाहीमा परेका सवारी चालकहरुबाट प्रहरीले एक वर्षमा १ अर्ब ८६ करोड ५२ लाख २६ हजार ३ सय ५४ रुपैयाँ जरिवाना भराएको छ ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह