काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १.८३ अंकले बढेर दुई हजार ५९५.९६ विन्दुमा पुगेको छ ।
विकास बैंक ५८, होटल तथा पर्यटन १०७, हाइड्रोपावर ६३, जीवन बीमा १०, उत्पादन ३२, अन्य ०.७७ र ब्यापार उपसमूह ०.७१ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ ११, फाइनान्स १००, माइक्रोफाइनान्स २५ र निर्जीवन बीमा उपसमूह ५१ अंकले घटेको छ ।
आज दोल्ती पावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज न्यादी हाइ्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन २९९ कम्पनीको एक करोड ७ लाख कित्ता सेयर ५ अर्ब ८२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया