काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको आज उद्घाटन गरेका छन् ।
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।
फ्रान्सको एकोर ग्रुपको ब्राण्डको कर्मक्युर होटेल नेपालमा एबी होल्डिङ्सअन्तर्गतको मेट्रोपोलिटियन होटल कम्पनीले भित्र्याएको हो । ११ तलाको यो होटलमा कुल लगानी ३ अर्ब बढी लागेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया