Logo

सूचना/प्रविधि

डोर्सेले राजीनामा दिएसँगै ट्वीटरको सीईओमा भारतका अग्रवाल नियुक्त


GDP नेपाल
   १४ मंसिर २०७८, मंगलबार


एजेन्सी ।

अहिलेको युवापुस्ता माझ लोकप्रिय बनेको सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कम्पनीबाट राजीनामा दिएका छन् ।

सन् २०१५ देखि ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत डोर्सेले राजीनामा दिएसँगै कम्पनीका सिटिओ पराग अग्रवालले सो कार्यभार सम्हाल्ने भएका छन् । डोर्सेले राजीनामा दिँदै संस्थापक बाहेकका मान्छेले पनि कम्पनी राम्ररी चलाउन सक्ने अवस्थामा पुगेको बताएका छन् ।

डोर्सेले वर्षौदेखि सोही कम्पनीमा कार्यरत भारतीय मुलका अग्रवालले कम्पनी सम्हाल्न सक्ने विश्वास रहेको बताएका छन् । अग्रवालले पनि डार्सेका कुरामा सहमति जनाउँदै कम्पनीको आगामी उन्नतिका लागि आफू प्रतिबद्ध रहेको जनाएका छन् ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह