Logo

सूचना/प्रविधि

ट्वीटरद्वारा चीनसहित ६ मुलुकका हजारौँ अकाउन्टमाथि प्रतिबन्ध


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


एजेन्सी ।

विश्वका चर्चित हस्तीलगाएत नेताबीच लोकप्रिय बनेको सामाजिक सञ्जाल ट्वीटरले चीनसहित ६ मुलुकका हजारौँ अकाउन्ट बन्द गरिदिएको छ ।

ट्वीटरले आफ्नो नीति नियम विपरित विभिन्न सामाग्री सेयर गरेको जनाउँदै ३ हजार ४६५ वटा ट्वीटर अकाउन्ट डिलिट गरिदिएको छ । हटाइएका अकाउन्ट चीनलगाएत मेक्सिको, रुस, तान्जानिया, युगान्डा र भेनेजुएलाका रहेको छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्वीटरले चीनका मात्रै २ हजार ४८ वटा अकाउन्ट हटाइएको जानकारी दिएको छ । जसमध्ये धेरै जसो अकाउन्ट चीनको सिनजियाङ प्रान्तमा रहेका उइगुर मुस्लिममाथिको व्यवहारसँग सम्बन्धित रहेको थियमे ।

यस्तै, युगान्डाका राष्ट्रपति योबेरी मुसेभेनी र उनको दलको पक्षमा मिलेर ‘अनधिकृत गतिविधि’ गर्दै आएका ४१८ ट्वीटर अकाउन्ट समेत हटाइएको ट्वीटरले जनाएको छ । ट्वीटरले तान्जानियाका २७० वटा अकाउन्ट हटाएको छ । त्यस्तै, रुसको इन्टरनेट रिसर्च एजेन्सीसँग जोडिएका १६ वटा अकाउन्ट, लिबियाको ५० वटा अकाउन्ट, मेक्सिकोका २७६ वटा अकाउन्ट र भेनेजुएलाको २७७ वटा अकाउन्टमाथि प्रतिबन्ध लगाइएको अलजजिराले जनाएको छ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह