एजेन्सी ।
म्यामारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीलाई चार वर्ष जेल सजाय सुनाइएको छ ।
सूचीलाई म्यानमार अदालतले सहमती भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा चार वर्षको सजाय सुनाएको हो ।
गत फेब्रुअरीमा म्यानमार सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गर्नुअघि नेतृ सूचीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सूचीको दल एनएलडीले बहुमत ल्याएको उक्त संसदीय चुनावमा धाँधली भएको भन्दै सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गरेको थियो । त्यसयता सूची आफ्नो घरमै नजरबन्दमा छिन् भने उनीविरुद्ध दर्जनौं अभियोग लगाइएको छ ।
प्रतिक्रिया