Logo

मुख्य समाचार

१३९ यात्रु बोकेको मालिन्दो एयरको विमान दुर्घटनाबाट जोगियो


appharu
   ७ बैशाख २०७५, शुक्रबार


जीडीपी नेपाल
काठमाडौं, ७ वैशाख । १३९ यात्रु बोकेको मलेसियाली वायुसेवा कम्पनी मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाट मलेशियाको क्वालालम्पुरका लागि उड्न लागेको जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएको हो ।
मालिन्दो एयर विगत तीन वर्षदेखि नेपाली आकाशमा उडान गरिरहेको छ । मलेसियाली तथा इन्डोनेसियालीको संयुक्त लगानीको यो कम्पनीको स्थानीय जिएसए भने यति एयरलाइन्सका सञ्चालक आङ छिरिङ शेर्पा हुन् ।
राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। सबै यात्रुलाई बिहीबार राति नै सुरक्षित स्थानतर्फ लगिसकिएको छ ।

उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएका थिए । अहिले विमानस्थल बन्द छ । रनवेबाट उक्त विमान हटाएपछि मात्र उडान शुरु हुनेछ । विमानस्थलमा कार्यरत प्राविधिकका अनुसार क्रेन ल्याउनु नपर्ने र डोरीकै सहायताबाट जहाजलाई हटाउन सकिन्छ।

विमानस्थलका प्राविधिक तथा कामदारहरुले ‘अहिले डोरीको सहायताबाट जहाज तानिरहेका छन्। कति समयमा हटाउन सकिने भन्ने एकिन नभए पनि अझै केही घन्टा लाग्ने देखिन्छ । तर, जहाज सानो भएकाले क्रेन ल्याउनुपर्ने अवभने स्था छैन।

प्रकाशित : ७ बैशाख २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह