Logo

बिजनेस होम

सांसद आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी, यस्तो छ पार्टीमा उनको योगदान !


GDP Nepal
   २५ मंसिर २०७८, शनिबार


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रसुवाका सांसद ईञ्जिनीयर मोहन आचार्यले उम्मेदवारी दिने भएका छन् ।

सांसद आचार्यले नेपाली काँग्रेसमार्फत आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको जानकारी दिए ।

काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहेका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गरेका थिए ।

वि. सं. २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विगत चार वर्षमा विभिन्न खालका विकास निर्माणले तीव्रता पाएको छ ।

को हुन् मोहन आचार्य ?
विस २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा बुबा अनन्तप्रसाद र आमा ईश्वरीदेवी आचार्यको कोखबाट जन्मिएका सांसद आचार्य परिवारका कान्छा छोरा हुन् ।

विद्यालय शिक्षा सिद्धार्थ बनस्थलीमा अध्ययन गरेका सांसद आचार्य विस २०४६ सालको जनआन्दोलनमा काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमार्फत सक्रिय भएका थिए ।

भारतको देहरादुनबाट उच्च शिक्षा हाँसिल गरेका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पुरा गरेर विस २०५६ सालमा स्वदेश फर्केलगत्तै काँग्रेस राजनीतिमा सक्रिय भए।

उच्च शिक्षा पुरा गरेसँगै पार्टीको क्रियाशिल सदस्यता लिएका आचार्य विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भए।

विस २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट एमालेका उम्मेद्वार जनार्दन ढकाललाई ठूलो मतअन्तरले पराजित गरेका आचार्यले रसुवा काँग्रेसको संगठनलाई मजबुद बनाएका छन् ।

उनले तत्कालिन निर्वाचनमा आफनो पार्टीबाट सहकार्य गरेर निर्वाचन लडेको नयाँ शक्ति पार्टीलाई समेत काँग्रेसमा प्रवेश गराएर रसुवाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह