Logo

राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा वौद्धिक युवा नेता डा. दामोदर भुसालको उम्मेदवारी


GDP Nepal
   २५ मंसिर २०७८, शनिबार


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि युवा नेता डा. दामोदर भुसालले उम्मेदवारी दिएका छन् । सबल कांग्रेस र समुन्नत नेपालका निम्ति आफूले खुलातर्फ केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेको भुसालले बताए ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका भुषाल गुल्मी कांग्रेसमा क्षेत्रीय सभापति रहँदा सिर्जनात्मक कामका कारण मुलुकभर लोकप्रिय युवा नेता हुन् ।

चीनको पेकिङ विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्यसमेत हुन् । नेपालमा वैदेशिक रोजगारीवाट प्राप्त बिप्रेषणको उद्यमशिलता विकासमा भूमिका विषयमा उनले विद्यावारिधि गरेका थिए ।

अर्थशास्त्र र राजनीतिशास्त्रमा समेत स्नात्तकोत्तर गरेका भुसाल अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उत्तिकै दख्खल राख्छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट भुसाल लोकतन्त्र, राष्ट्रियता, कानुनी शासन र समुन्नतिका लागि सहकार्यको संस्कृति प्रर्वद्धन गर्न १४ औं महाधिवेशनमा देउवाकै नेतृत्व पुनःस्थापित गर्न जरुरी रहेको बताउँछन् ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह