Logo

बैंक / बिमा /शेयर

१ करोड ५० लाख कित्ता आईपिओ निष्कासन गर्ने तयारीमा नागरिक स्टक डिलर, बोलायो साधारण सभा


GDP नेपाल
   २६ मंसिर २०७८, आइतबार


काठमाडौं ।

नागरिक स्टक डिलर कम्पनीले पुस २३ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कुल कित्ताशेयरमध्य कम्पनीले २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गर्नेछ । यस कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दुरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । रू. ५ अर्ब पूँजीको यो कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दुरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व रहने गरी आगामी दिनमा शेयर जारी गर्ने योजना पनि कम्पनीको छ ।

नागरिक लगानीकोषको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले कोषको भवन , नयाँ बानेश्वरमा अपरान्ह ३ः३० बजे सभा गर्ने भएको हो । सभाले आईपीओ प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

साथै संस्थापक समूहबाट सञ्चालकहरु मनोनय तथा निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । सभाले सञ्चालकहरुको पारिश्रमिक, भत्ता एवम् सुधिालाई निर्धारण समेत गर्नेछ ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह