Logo

अर्थनीति

फागुन महिनामामात्र १८८ अर्ब रेमिट्यान्स, आठ महिनामा १४ खर्ब ४९ अर्ब


gdpnepal
   १९ चैत्र २०८२, बिहिबार


काठमाडौं । चालू आर्थिक वर्षको फागुन महिनासम्ममा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।


फागुन महिनामामात्र विप्रेषण आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।


समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।


समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११४९ अर्ब ३० करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,७३,५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,५१,९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३,१७,०६८ र २,१७,४०३ रहेको थियो ।

 

प्रकाशित : १९ चैत्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह