Logo

अर्थनीति

विदेशी मुद्रा सञ्चिति ३४ खर्ब नाघ्यो


GDP नेपाल
   १९ चैत्र २०८२, बिहिबार


काठमाडौँ । फागुन मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको हो।

असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको अमेरिकी डलर सञ्चिति १८.३ प्रतिशतले बढेर फागुन मसान्तसम्ममा २३ अर्ब ८ करोड डलर पुगेको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३० खर्ब ३५ अर्ब ११ करोड रहेको छ, जुन असारको तुलनामा २५.७ प्रतिशतले बढी हो ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब ७८ अर्ब ६६ करोड विदेशी मुद्रा सञ्चिति रहेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ।
सञ्चिति पर्याप्तता सूचकका आधारमा नेपालको अर्थतन्त्र हालसम्मकै सर्वाधिक सुरक्षित अवस्थामा पुगेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्किङ क्षेत्रसँग रहेको यो विदेशी मुद्राले २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। सामान्यतया ६ देखि ७ महिनाको आयात धान्ने सञ्चितिलाई राम्रो मानिने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालसँग साढे १८ महिनाको आयात धान्ने क्षमता हुनुले अर्थतन्त्र निकै बलियो स्थितिमा रहेको प्रस्ट पार्छ।


फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५५.९ प्रतिशत, कुल आयातसँगको अनुपात १५३.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपात ४०.८ प्रतिशत रहेको छ।

प्रकाशित : १९ चैत्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह