Logo

अर्थनीति

पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ पुग्यो


gdpnepal
   १९ चैत्र २०८२, बिहिबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार (चैत १९) राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार, यसअघि पहिलो वर्गमा पेट्रोलको मूल्य १८४.५० रुपैयाँ रहेकोमा अब १९९.५० रुपैयाँ पुगेको छ । त्यस्तै दोस्रो र तेस्रो वर्गमा १८६ र १८७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढेर २०१ र २०२ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल/मट्टितेलको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार यसअघि पहिलो दोस्रो र तेस्रो वर्गमा क्रमशः १६४.५०, १६६ र १६७ रुपैयाँ प्रतिलिटर रहेको डिजेल र मट्टितेल बढेपछि क्रमशः १७९.५०, १८१ र १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ३४.३६ रुपैयाँ, डिजेलमा १२०.५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिशिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको जनाएको छ ।

 

प्रकाशित : १९ चैत्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह