Logo

बैंक / बिमा /शेयर

न्यादी हाइड्रोपावरले बोलायो साधारण सभा


GDP नेपाल
   २६ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले पौष २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वरमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीका अनुसार सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, निमावलीको नियम ८(२) र ८(३) संशोधन गर्ने प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष ११ गतेदेखि पौष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह