Logo

Uncategorized

सेयर बजारमा ३९ अंकको वृद्धि, ९ अर्ब ३१ करोडको कारोबार


GDP नेपाल
   १२ मंसिर २०८१, बुधबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.७० अङ्कले वृद्धि हुँदै २,७५६.३६ अङ्कमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले बढेको हो ।

आज ३१६ कम्पनीका १ करोड ७१ लाख ४३ हजार ५८४ कित्ता सेयर ८९ हजार पटक किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० पुगेको छ ।

कारोबारमा रहेका सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरूमा विशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्त रहेका छन् । तर, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
उपसूचकतर्फ वित्त समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अन्य सबै समूहको उपसूचकमा वृद्धि भएको छ ।

सबैभन्दा धेरै व्यापार समूह ९.२७ प्रतिशत र विकास बैंक समूह ३.१८ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित : १२ मंसिर २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह