Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट


GDP नेपाल
   २६ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रा. लि. बीच सम्झौता भएको छ । सम्झोता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १५% सम्म छुट पाउन सक्नेछन् ।

यस सम्झौता पश्चात् बैँकका ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५% र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १०% छुट पाउनेछन् । उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

लाइफ लाइन होम हेल्थ केयरले ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह