Logo

सूचना/प्रविधि

सामसङको नोट-९ नयाँदिल्लीमा सार्वजनिक, यस्ता छन् फिचर


appharu
   ६ भाद्र २०७५, बुधबार


काठमाडौं । सामसङ मोबाइलको बहुप्रतिक्षित नोट नाइन बुधबार भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक भएको छ ।

६.४ इन्च (१६.२६सेमी) साइजको यो फोनको स्क्रीनको रिजोलुसन भने १४४०*२९६० पिक्सेल रहेको छ ।

एन्ड्रोइडको भी८.१ अपरेटिङ सिस्टम रहेको यस फोनको दिल्लीको ह्यात होटलमा आयोजित कार्यक्रममा सामसङ मोबाइलका ग्लोबल सीईओ डीजे कोहले सार्वजनिक गरे ।

६ जिबी ¥याम रहेको नोट नाइनमा ४ हजार एमएएच ब्याट्री क्षमता छ । यस्तै १२ मेगापिक्सेलको क्यामेरा र १२८ जिबी इन्टरनल मेमोरी रहेको मोबाइलको प्रारम्भिक मूल्य भारु ६१ हजार ९ सय निर्धारण गरिएको छ ।

नोट नाइन सार्वजनिकीकरण समारोहमा दक्षिण एसियाली मुलुकका सामसङमा आधिकारिक वितरक, सञ्चारकर्मीलगायतको वृहत उपस्थिति छ ।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह