Logo

बैंक / बिमा /शेयर

कामना सेवा बैंक र आन्टरप्रेरणाबीच उद्यमशीलता विकासका लागि समझदारी


GDP नेपाल
   २७ मंसिर २०७८, सोमबार


काठमाडौँ ।

कामना सेवा विकास बैंक र आन्टरप्रेरणा प्रालिबीच उद्यमशीलता विकासका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।

बैंकले नयाँ उद्यम गर्न चाहने, साना तथा मझौला उद्यमी र विकास गर्न नसकि रहेका नवीन सोचमा आधारित स्टार्टअप उद्यमलाई वित्तीय सहयोग गर्ने बैंकले जनाएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आन्टरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरजखनालले संयुक्त रुपमा हस्ताक्षर गरे ।

खास गरी स्थानीय स्तरका नयाँ उद्यम तथा स्टार्टअपलाई सघाउने तथा सुद्धिद गर्ने लक्ष्य समझदारीमार्फत लिइएको बैंकले जनाएको छ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह