Logo

बैंक / बिमा /शेयर

आँधिखोला लघुवित्तको लाभांश घोषणा


GDP नेपाल
   २७ मंसिर २०७८, सोमबार


काठमाडौं।

आँधिखोला लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको १४२औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरिसके पछि मात्र सेयरधनीहरुलाई वितरण गरिने छ । हाल आँधिखोलाको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह