Logo

बैंक / बिमा /शेयर

तेह्रथुम पावर कम्पनीद्वारा साधारण सभा आह्वान


GDP नेपाल
   २७ मंसिर २०७८, सोमबार


काठमाडौँ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते बिहान ९ बजे होटल हार्दिक बागबजार बैठक आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र बासलात, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ । साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह