Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंकले बोलायो साधारण सभा



काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेडले २७औं वार्षिक साधारण सभा बोलाएको छ ।

बैँकले पुस १ गते बिहीवार विहान ११ः३० बजे केन्द्रिय कार्यालय लाजिम्पाटमा सभा आह्वान गरेको हो । सभाले सञ्चालक समितिले निर्णय गरेको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ दशमलव ३२ प्रतिशत नगद लाभांशलाई पारित गर्नै छ ।

हाल बैंकको चुक्तापूँजी  ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार छ । बोनसपश्चात यो पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार पुग्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह