काठमाडौँ ।
समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २५.२८ प्रतिशत लाभांश पारित गर्नेछ । सभाले एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ ।
यस्तै सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्ज र बोनस शेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १५ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार सभा पुस २४ गते शनिबार, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी, तनहुँमा बिहान १० बजे शुरु हुनेछ ।
प्रतिक्रिया