काठमाडौँ ।
नेपाल हाइड्रो डेभलोपर लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषण गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७र०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी २९ करोड ९० लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया