Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकद्वारा १७ प्रतिशत लाभांश पारित



काठमाडौँ ।

नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सम्पन्न भएको छ । शुक्रबार संचालक समितिको अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा सभा सम्पन्न भएको हो ।

उक्त सभा गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित पारित गरेको छ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्नेलगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह