Logo

बैंक / बिमा /शेयर

नलगाड हाइड्रोपावरद्वारा साधारण सभा आह्वान


GDP नेपाल
   ५ पुस २०७८, सोमबार


काठमाडौँ ।

नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निणर्य अनुसार ५औं वार्षिक साधारण सभा नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको सभाहल काठमाडौंमा हुने छ ।

सभा बिहान ८:३० बाट सुरु हुनेछ । सभाले सञ्चालक समितिको तर्फबाट आब २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरि पारित गर्ने छ ।

त्यस्तै आब २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह