Logo

बैंक / बिमा /शेयर

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जर सम्झौता अघि बढ्यो


GDP नेपाल
   ५ पुस २०७८, सोमबार


काठमाडौँ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जर सम्झौता भएको हो । दुई बैंकबीच बिहिबार मर्जरको सहमति भएको हो । हिमालयन बैँकले मर्जर पक्रिया अघि बढाउन लामो समय लिएसँगै नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएको थियो ।

हिमालयन बैंकको आइतबार साँझ भएको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैँकले आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाक्ने छ। साधारणसभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेपछि दुवै बैंक अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जानेछन् ।

मर्जरपछि बैंकको अध्यक्ष इन्भेस्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुनेछन् ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह