काठमाडौं ।
स्वावलम्बन लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
नेप्सेले कम्पनीको १९५ बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ ११ सय रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य १३ सय १० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
यसले गत आर्थिक वर्षको नाफाबाट १९५ बोनस सेयर र कर तिर्न सहित ६५ नगद लाभांश वितरण गर्दैछ । जसका लागि आज पुस ६ गते बुक क्लोज गरिसकेको छ । सभा पुस १५ गते एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया