काठमाडौँ ।
यसअघि ४१ जलविद्युत् आयोजनामा लगानी गरेको एननएमबी बैँकले थप दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।
बैंकले १३ दशमलव ५ मेगावाटको सुपर काबेली खोला– ‘ए’जलविद्युत् आयोजना तथा १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनामा मुख्य लगानीकर्ताको रुपमा लगानी गर्ने भएको हो ।
ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिकामा निर्माण भइरहेका यी दुई आयोजना निर्माणको जिम्मेवारी स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिले लिएको छ । यस आयोजनामा एनएमबि बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंकले सहवित्तीयकरण गरेको छ।
यी दुई आयोजनाका लागि क्रमश २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रुपैयाँ लाग्ने भएको छ । जसमध्ये बैंकहरुको लगानी क्रमशः १ अर्ब ८९ करोड तथा १ अर्ब ६७ करोड रुपैयाँ रहने छ ।
प्रतिक्रिया