Logo

बैंक / बिमा /शेयर

सिभिल बैंकद्वारा ५ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   ६ पुस २०७८, मंगलबार


काठमाडौँ ।

सिभिल बैंकले लाभांश घोषणा गरेको छ ।

बैँकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८ सय रुपैयाँको ५ प्रतिशतले हुन आउने ४३ करोड २१ लाख ८३ हजार रुपैयाँबराबरको बोनस शेयर र नगद लाभांशबापत ०.२६ प्रतिशत अर्थात् २ करोड २७ लाख ४६ हजार ४ सय रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषण गरेको हो ।

सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह