Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ९ अर्ब १२ करोडको कारोबार


GDP नेपाल
   १३ माघ २०८१, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १०.४१ अंकले घटेर दुई हजार ६४३.९३ विन्दुमा पुगेको छ ।



बैंकिङ १२, फाइनान्स १२२, होटल तथा पर्यटन १८, जीवन बीमा ७९, निर्जीवन बीमा ८६, उत्पादन ११७ र ब्यापार उपसमूह ३३ अंकले घटेको छ ।
त्यस्तै, आज विकास बैंक ३३, हाइड्रोपावर २०, माइक्रोफाइनान्स ३६, अन्य उपसमूह ०.८३ अंकले बढेको छ ।



आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु, एनआइसी एशिया डीबेन्चर, दोल्ती पावर र जानकी फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३१८ कम्पनीको एक करोड ५७ लाख कित्ता सेयर ९ अर्ब १२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ माघ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह